आइजीपी बढुवाप्रति ओलीको बोलीः सुरक्षा संगठनलाई तहसनहस बनाए

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीमा प्रचलित नियम कानून विपरितको बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस बनाएको आरोप लगाएका छन् । आज पार्टीको पत्रकार सम्मेलन आयोजना गरी आइजीपी बढुवाप्रति असन्तुष्टि पोखेका हुन् ।

‘प्रहरीमा प्रचलित नियम कानून विपरित भएको छ,’ ओलीले देउवाको चर्को आलोचना गर्दै भने, ‘सुरक्षा संगठनलाई तहसनहस बनाउने काँग्रेस सरकारको इतिहास छ ।’

आइजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेकोमा पहिलोपटक ओलीले सार्वजनिक समारोहमा आपत्ती जनाएका हुन् । सिंहको नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेल अदालत गएपनि अन्तरिम आदेश जारी भएन ।

ओलीले देउवाले विगतमा संसद भग गरी राजालाई सत्ता सुम्पिएको आरोप लगाए । उनले भने, ‘संसद भंग गरी राजालाई सत्ता सुम्पने, राजाबाट नियुक्त हुने नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।’

ओली काँग्रेसको नामै लिएर कडा रुपमा प्रस्तुत भए । उनले काँग्रेसले देशमा समस्याहरु ल्याउने गरेको आरोप लगाए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarKp OlinepalNews
Comments (0)
Add Comment