आन्दोलनको चेतावनीपछि उद्योगलाई दिए कुलमानले बिजुली

२१ बैशाख, काठमाडौं । विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत् अवरुद्ध भएपछि मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आन्दोलन चेतावनी दिएपछि विद्युत् प्राधिकरण सहमतिमा आएको छ । दुई सङ्गठनले मङ्गलबार सम्म पनि लोडसेडिङबारे कुनै समाधान नआए भोलिदेखि चरणबद्ध आन्दोलनमा जाने स्पष्ट पारेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधान गरेका हुन् । 

घिसिङले निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्रतिबद्धता जनाउँदै आजदेखि विद्युत् प्रसारण समेत सुचारु गराएका छन् । प्राधिकरणले बिजुली दिएपछि उद्योगी व्यवसायीहरू उत्साही  भएका छन् । साथै प्राधिकरणको यस कार्यको लागि प्रशंसा सहित धन्यवाद ज्ञापन उद्योगीहरूले गरेको छन् । 

‘मुलुकमा रहेको विद्यमान ऊर्जाको सङ्कटको अवस्थामा सबै क्षेत्रलाई न्यायोचित र समान वितरण गरी सबैको काममा अवरोध नहुने व्यवस्था गर्ने प्राधिकरणको प्रतिबद्धता पछि हामीले भोलिदेखि गरिने भनिएका चरणबद्ध आन्दोलनहरू हाललाई स्थगित गरिएको सबैमा जानकारी गराउन चाहन्छौँ’, उद्योगीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

साथै भविष्यमा पुनः विगतमा जस्तै ऊर्जाको समस्या आउन नदिन सजग रहन पनि सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै पुनः यस्तै घटना पुनरावृत्ति भएमा कडा आन्दोलन उत्रिन बाध्य हुने स्पष्ट गरिएको छ । 



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionhealthInternationalKulman GhisinglightnepalNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment