‘लौरो’ पाएपछि बालेनको प्रतिक्रिया– “बुढाबढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने”

१७ बैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार कलाकार बालेन्द्र शाह (बालेन)ले लौरो चुनाव चिह्न पाएका छन् ।

लौरो चुनाव चिह्न पाएपछि उनले भ्रष्टाचारीलाई लौरोले सेकाउने प्रतिक्रिया जनाएका छन् ।

बालेनले आफ्नो फेसबुक फ्यान पेजमा लेखका छन्– ‘बुढाबढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।

निर्वाचन आयोगले शनिबार देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिएको हो ।



मल्टिमिडिया ग्यालरी

balenbusinessdigital khabarelectionLauronepalNews
Comments (0)
Add Comment