गठबन्धनले नेपाली कांग्रेस अलमलमा

०४ बैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने विषयले नेपाली कांग्रेसका उम्मेदवार छनोट प्रक्रियामा अलमलमा परेको छ ।

देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ-आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

७ सय ५३ स्थानीय तहमध्ये अधिंकाशमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएपनि तालमेलका लागि केन्द्रीय दबाब बढेको छ ।

स्थानीय आवश्यक्ता र औचित्यको आधारमा तालमेल गर्ने कि नगर्ने भन्नेबारे पार्टीको स्थानीय तहले नै निर्णय लिने केन्द्रीय समितिको नीति भएपनि कांग्रेसको तल्लो तहलाई केन्द्रीय तहले तालमेलका लागि दबाब बढाइरहेको छ ।

नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति जुट्न नसकेको बताए।

केन्द्रले तय गरेको सात बुँदे आधारअनुसार एकीकृत समाजवादीले काठमाडौँको कागेश्वरीमनोहरा, बूढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment