दिल्लीलाई हराउँदै बैग्लोर आइपीएलको तेस्रो स्थानमा

०४ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले चौथो जित निकालेको छ । शनिबार राति भएको खेलमा बैंग्लोरले दिल्ली क्यापटल्सलाई १६ रनले हरायो । जितसँगै बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

मुम्बई स्थित बांङखडे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८९ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको बैंग्लोरले ४० रन बनाउँदा तीन विकेट गुमायो ।

उसका कप्तान तथा ओपनर फाफ डुप्लिसिस आठ रनमा आउट भए भने अनुज रावतले खाता खोल्न सकेनन् । यस्तै विराट कोहली मात्र १२ रनमा आउ भए । त्यसपछि शुयस प्रभुदेशाई ६ रनमा आउट हुँदा बैंग्लोरले ७५ रनमा चार विकेट गुमायो ।

बैग्लोरका लागि ग्लेन म्याक्सवेलले ५५ रन बनाए । उनले ३४ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।

यस्तै सहबाज अहमदले ३२ रन बनाए भने दिनेश कार्तिकले ६६ रनको योगदान गरे । कार्तिकले ३४ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।
जवाफमा दिल्ली २० ओभरमा सात विकेट गुमाउँदा एक सय ७३ रनमा रोकियो ।

राम्रो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । बलियो सुरुवात गरेपनि उसका मध्यक्रमका खेलाडी सस्तैमा आउट भए । उसका ओपनर पृथ्वी शा १६ रनमा आउट भए भने मिचेल मार्स १४ तथा रोभमन पवेलले खाता खोल्न सकेनन् ।

यस्तै ललित यादव एक रनमा आउट भए भने डेविड वार्नले ६६ रनको पारी खेले । उनले ३८ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । त्यसपछि रिसब पन्त ३४ रनमा आउट भए । जसका कारण दिल्लीले एक सय ४२ रनमा छैटौं विकेट गुमायो । अन्तिममा दिल्ली १६ रनले पराजित भयो ।

उसको पारीलाई कमजोर पार्न जोस हजेलहुडले तीन तथा मोहम्मद सिराजले दुई विकेट लिए ।

जारी प्रतियोगितामा दिल्लीको यो चौथो हार हो । उसको चार अकं छ भने बैग्लोरको आठ अंक छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment