अष्ट्रेलियामा २१ मे मा आम निर्वाचनको घोषणा

२७ चैत, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले २१ मे मा आम निर्वाचनको घोषणा गरेका छन् । स्कट मोरिसनले सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री रहेका छन् ।

मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिटहरु छन् र अष्ट्रेलियामा सरकार बनाउन कम्तीमा यति नै सिट हुन आवश्यक छ ।

अष्ट्रेलियामा सरकार फेरिन सक्ने र विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । यद्यपि, अघिल्लो चुनावमा विभिन्न चुनावी सर्वेक्षणमा हारको आशंकाका बीच स्कट मोरिसनले चुनाव जितेका थिए ।

स्कट मोरिसनले गभर्नर जनरलसँग कुराकानीपछि चुनावको घोषणा गरेका छन् । पछिल्ला दिनमा प्रधानमन्त्री स्कट मोरिसनविरुद्ध थुप्रै आरोप लागेपछि उनको लोकप्रियतामा कमी आएको छ ।

पछिल्लो ९ संसदीय निर्वाचनमध्ये सातवटामा जित हासिल गरेपनि स्कट मोरिसनको पार्टीलाई आगामी चुनाव जित्न गाह्रो हुने राजनीतिक विश्लेषकहरुको मान्यता छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment