चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

२६ चैत, दमौली । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली प्रवेशमा रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो ।

आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली प्रवेशमा रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको श्रेष्ठले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AnimalbusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment