दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

२१ चैत, काठमाडाैँ । दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५४ रन बनाए । दिपेन्द्रले योसँगै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । नेपालका लागि करण केसीले ३३ रन बनाए । १२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि नेपालले पाँचौं ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई पीएनजीका कबुआ मोरेवाले २५ रनमा क्याच आउट गराए। रोहित कुमार पौड्यल नेपालको दोस्रो विकेटको रुपमा पेवेलियन फर्किए । रोहितलाई रिने हेकुरेले २ रनमा क्याच आउट गराए ।

१२औं ओभरमा नेपालले तीन विकेट गुमायो । १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई सेमो कोमेआले २६ रनमा क्याच आउट गराए । सोही ओभरको तेस्रो बलमा सेमोले नै आरिफ सेखलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए । यसै ओभरको पाचौं बलमा दिलीप नाथलाई सेमोले बोल्ड आउट गराए ।

१६औं ओभरको अन्तिम बलमा नेपालले आफ्नो छैटौं विकेट गुमायो । आदिल अन्सारीलाई पीएनजीका काड सोपरले १५ रनमा क्याच आउट गराए । सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।

पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarLockdownnepalNews
Comments (0)
Add Comment