फाइनल हेर्न पूर्वकप्तान पारस मैदानमा

२१ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनीबीचको फाइनल हेर्न टियु मैदान पुगेका छन् ।

नेपालले टस हारेर पहिला ब्याटिङ गरि रहँदा पारस खड्काले काउकर्नरमा रहेको मिडिया बक्समा बसेका खेल हेरि राखेका छन् । पारससँगै स्पिनर ललित राजवंशी र कर्णाली प्रदेशका रविन्द्रजंग शाही छन् ।

पारसले गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस पछिल्लो समय क्रिकेट एकेडेमीमा ब्यस्त रहँदै आएका छन् । पारस सहित पाँच जना मिलेर बालुवाटारमा क्रिकेट एक्सिलेन्स सेन्टर (सिईसी) मा ब्यस्त रहँदै आएका छन् ।

पारसको कप्तानीमा नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाएको थियो । पारस नेपालबाट टि२० आई र ओडिआई दुबैमा पहिलो शतक प्रहार गर्ने खेलाडी समेत हुन् ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा २०१८ अगष्ट ए मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । अन्तिम ओडिआई खेल घरेलु मैदानमा अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा खेले । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।

पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । टि२० विश्वकपमा बंगलादेशविरुद्ध टि२० आईमा डेब्यू गरेका पारसको अन्तिम खेल थाईल्यान्डविरुद्ध रह्यो । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा १ हजार ३ सय १७ रन जोडेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19CricketDeathdigital khabarhealthLockdownnepalNewsParas KhadkaPolitic
Comments (0)
Add Comment