दिपेन्द्रको शतकमा नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य

१९ चैत, काठमाडौं । शनिबार कीर्तिपूरको त्रिवि मैदानमा भएको त्रिकोणात्मक टी–२० शृंखलामा नेपालले मलेसियालाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाउन सफल भएको थियो ।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले ५७ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गर्दै ११० रन बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो । साथै, ओडीआई र टी–२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी दिपेन्द्र बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।

खेलमा रोहित पौडेलले पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५१ रन बनाए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे । बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १/१ विकेट लिएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19CricketDeathdigital khabarnepalNews
Comments (0)
Add Comment