टिकटक लाईभमा भेटिने VIP मगन्तेहरु र पिलेन उडाईदिने खाडिकाे लाहुरे ( तिताे तर सत्य )

यागेन्द्र खरेल 

१८ चैत, लिस्वन (पाेर्चुगल ) ।
मठमन्दिर परिशर तथा सडक छेउछाउमा बृध्दबृध्दा, असाहाय , अपांग तथा सडक बालबालिकाहरु जिवन धान्न कै लागि बाध्य भएर माग्न बसेका हुन्छन  l तिनिहरु त्यसरी माग्न बस्नु रहर हाेईन केबल बाध्यता हाे l शारिरिक तथा मानसिक असक्तताकाे कारण मागेरै जिवन धान्नु उनिहरुकाे रहर हाेईन केवल बाध्यता हाे l त्यसरी सडक किनारा र मन्दिर परिसरमा मागेर बस्नेहरुकाे एउटै उदेश्य बिहान बेलुकाकाे गर्जाे टार्नु मात्र हाे l मागेरै घर घडेरि गाडि जाड्ने कुनै सपना छैन बिचराहरुकाे l

बिचरा बाँच्नकै लागि संघर्ष गरिरहेका यिनिहरु जिवनका हरेक सेकेन्ड अपमानित र घृणित हुनुपर्दछ  l उताजा ओई माग्ने , हातखुट्टा चलाएर खानुनि कति मागेर खाकाे ? पाखे,  मगन्ते, कामचाेर यि यस्तै शब्द काेषमा भएका अधिकांश अपमानजन्य शब्दहरुबाट नै उनिहरुकाे दिन शुरु हुन्छ र अन्त्य पनि तिनै शब्दहरु बाटै l यि र यस्ता शब्ददहरु सुन्दा पक्कै पनि हिनताबाेध हुन्छ हाेला तिनिहरुलाई l एक्लै बसेर कति राेए हाेलान आफुले आफुलाई धिक्कार्दै l    

चिसाे माैसममा चिसाे भुँईमा संघर्ष गरिरहेका थिए

एक दिन वुटवल मिलन चाेकमा गाडि कुर्दै थिए :- म नजिकै दुबै खुट्टा गुमाएका तिस-पैतिस बर्षे युवा बाँच्न कै लागि चिसाे माैसममा चिसाे भुँईमा संघर्ष गरिरहेका थिए l सडकमा हिडिरहेकाहरु संग दुई-चार रुपिया सहयाेग गर्न अनुनय बिनय गरेका थिए l केहि यात्रुले दश-बिस रुपैया दिदै गईरहेका थिए त काेहि उनलाई बेवास्ता गर्दै l

बस आउन केहि समय लागेकाेले म सडक पेटि मै उभिएर यि दृश्य हेरिरहेकाे थिए l यत्तिकै मा सृंगारले सुसज्जित भएकि एक जना अर्धबैसे महिला iphone कानमा राखेर कसैसंग मस्किदै बाेल्दै आईन र मेरै  छेउमा आएर टक्क राेकिइन सायद उनकाे र मेराे आजकाे यात्रा गर्ने गन्तब्य एउटै हुनुपर्दछ l उनि फाेनमा निरन्तर बाेलिरहेकि थिईन भने उता ति अशक्त आउने जानेलाई सहयाेगकाे लागी अनुनय बिनय गरेका थिए l निकै शिष्ट भाषा र सभ्य शैलिमा सहयाेगका लागि अनुराेध गरेका थिए l सहयाेग गर्नेलाई धन्यबाद दिएका थिए भने सहयाेग नगर्ने प्रति कुनै गुनासाे गरेका थिएनन l

यत्तिकैमा iphone वाला अर्धबैसे फाेनमा भन्न थालिन हातखुट्टा चलाएर खानु नि कत्ति मागेर खाएका है , मागेर खान पल्केकाहरु l यहाँ पनि बसेकाे छ एउटा खाते l कत्ति लाजसरम नभाकाहरु है l उनि फाेनमा यि र यस्तै अपमानित शब्दहरु बाेल्दै थिईन भने उता ति अपांग चाहिँ आफ्ना घुँडासम्म मात्र भएका खुट्टाहरू हेर्दै मलिन अनुहार बनाएका थिए l सायद यस्ता व्यावहार दैनिजसाे भाेग्नुपर्छ हाेला उनले l यत्तिकै मा एउटि स्कुले नानि आइन र उनकाे अगाडि भएकाे  टाेकरिमा बिस रुपैया खसालिदिईन ति अपांग अर्धबैसेले भनेँ धन्यवाद नानु , सायद  खाजा खान घरबाट दिएकाे पैसा बँचाएर उनलाई सहयाेग गरिन हाेला l

सडकमा आउने जानेकाे घुँईचाे थियाे l साँझ पर्नै आँटेकाेले सबैलाई गन्तब्यमा पुग्ने हताराे थियाे l यत्तिकैमा निकै ढिला गरि म चढ्ने बस आयाे l म हतार हतार बसमा उक्लिए ति iphone वाला अर्धबैसे पनि ल ल फाेन राखिस्याे है मेराे बस आयाे भन्दै , फाेन काटिन र मेराे पछि पछि बसमा चढिन l यात्रु धेरै तर बसकाे सिट संख्या कम भएकाले केहिले उभिएरै यात्रा गर्नुपर्ने थियाे l म चाहि केहि छिट्टाे बसमा चढेकाेले बस्ने सिट पाए त्याे पनि झ्याल निरकाे l मेराे छेवैकाे सिटमा एक जना बृध्द वुवा हुनुहुन्थ्याे l यत्तिकै मा धक्का धक्कि गर्दै  ति iphone वाला पनि आईपुगिन र ति बृध्दबुबालाई  भनिन :-  ओ बा ! महिला मान्छेलाई सिट दिनुपर्दैन उठ्नुस उठ्नुस l बिचरा ति बृध्दबुवा आफु उठेर iphone वालि अर्धबैसेलाई सिट दिएर आफु र  उभिए l  अब ति iphoe वालिलाई सिटमात्र भएर पुगेन उनलाई झ्यालवाला सिट चाहियाे l उनले मलाई भनिन , मलाई झ्यालवाला सिट दिइस्याेन l  म पनि उनलाई झ्यालवाला सिट दिए र छेउमा सर्दै ति बृध्दबुवालाई सिटमा बस्न अनुराेध गरे,  उनले  भने भाे बाबु तपाई बस्नुस  , बसेकाे मान्छे उठाएर म बस्दिन l ति बुवाकाे कुरा र आदरार्थि बाेलि ले निकै आकर्षित गर्याे मलाई l

तर यि कुराहरुले iphone वालिलाई कुनै असर परेकाे थिएन l उनले मलाई संकेत गर्दै भनिन :- तपाईले टिकटक चलाउनुहुन्छ ? म ैले भने कहिले काँहि  l उनले आफ्नाे टिकटक आईडि दिदै  भनिन मलाई फलाे गर्नुस न है , मैले भने हस l यत्तिकैमा मेराे गन्तब्य आयाे र म बस बाट झरेँ l उनकाे एट्टिच्युड देखेपछि उनलाई टिकटकमा खाेजेँ र फलाे गरे पचास /साठि हजार फलाेअर्स भएकि टिकटक स्टार नै रहेछिन उनि  l उनका चार /पॉच ओटा भिडियाे हेरे पछि लाग्याे उनि फुल एट्टिच्युड वाला नै रहिछन l म टिकटकमा बरालिदै गर्दा उनि टिकटक लाईभ आईन म पनि केहि बेर उनकाे लाईभ हेर्ने निधाे गरेँ l एक्कै छिनकाे अबधिमा उनकाे लाईभमा दुईहजार बढि मान्छे जाेडिए l उनि भन्दै थिईन लाै लाै गाईज डवल ट्याप गर्नुहाेस l A ले  B लाई B ले A लाई साथि बनाउनुस भन्दै बर्बराई रहेकि थिईन l बेला बेलाआफुले लगाएकाे वान पिस हल्का माथि सारेर  अल्लारे केटा दखि लिएर अर्धबैसेहरुलाई आकर्षित गरि नै रहेकि थिईन l

लाै लाै गिफ्ट फाल्नुस , ट्याप ट्याप पार्नुस l A ले B लाई साथि वनाउनुस l यि र यस्तै बाेल्न व्यस्त थिईन l यत्तिकैमा अर्काे एउटा टिकटक स्टार अमेरिका देखि जाेडियाे l उनले भनिन लाै लाै म्याच खेलाै दुबै जना म्याचकाे लागि तयार भए  l दुबै जनाका भिवर्स राम्रै भएकाले ग्याम आकर्षक  हुने अनुमान गरे मैले पनि l

अमेरिका वाला लाई राेज , चश्मा , क्याप गिफ्टकाे रुपमा गुटुंगटुंग आउन थालेपछि iphone वालि पाेईन्टमा पछाडि परिन l लाै न राेज फाल्नुस  लाैन पेले उडाउनुस भन्दै बिलाैना गरिरहेकि थिईन l यति धेरै लाईभमा छन डबल ट्याप पनि गर्दैन l ट्याप ट्याप गर्न गाह्राे हुनेहरु के खान अर्काकाे लाईभमा आएका ?  ट्याप ट्याप नगरेकाे र गिफ्ट नफाले भन्दै लाईभमा आएकाहरु लाई दह्राे गालि गरिरहेकि थिईन l  गिफ्ट दिन नसक्ने सबै भिकारिहरु रहेछन मेराे लाईभमा l लाैन बिवेक दाई , लाैन हरिस दाई केहि त गर्नुस म त बर्वाद भए भन्दै सुक्क सुक्क गर्दै आसु पुछेकाे अभिनय गर्दै थिईन l उनले यसाे गरेर ईमाेस्नल ब्यालकमेल गर्दै थिई लाईभ हेरिरहेकाहरुलाई l        

लाईभ म्याचकाे समय अन्त्य हुदै गर्दा उनले कहिले फकाउने , कहिले गालि गर्ने त कहिले राेएकाे अभिनय गरेर प्रभावित गर्ने प्रयास गरिरहेकि थिईन l लाैन राेशन भाई केहि गर अरु सबै भिकारि रहेछन तिमि नै केहि गर मलाई बचाउ म बर्बाद भए भन्दै बिलाैना गरिरहेकि थिईन l म्याचकाे अन्तिम सेकेन्डमा तिनै  राेशनले दुईवटा पेलेन उडाईदिए र उनले म्याच जितिन l थ्यान्क्यु मेराे भाई थ्यान्क्यु राेसन डार्लिडं भन्दै राेशनकाे नाम मा फ्लाईड किश दिईन र जितकाे उत्सव मनाउन थालिन l ठुलाे उज्यालाे काेठा , स्टान्डर्ड साेफाहरु र गुडियाहरुले सजिएकाे काेठामा टिकटक लाईभमा बसेर लाैन राेज दिनुस लाैन क्याप दिनुस भन्दै भिक मागिरहेकि उनलाई VIP मगन्ते भन्न मन लाग्याे l      

हाे अहिले याे टिकटक तिर VIP मगन्तेहरुकाे निकै बिगबिगि छ l के ठुलाठुला सेलिब्रेटि के सामान्य टिकटक युजर , सबैले मागि खाने भाँडाे बनाउदै छन टिकटकलाई l मेहनत गर्न सक्ने युवाहरु मेहनत गर्न छाेडेर दया काे भिक माग्दै गरेका भेटिन्छन टिकटक तिर l काेहि साठि / सत्तरि बर्षे बुवाआमालाई टिकटक तिर मगन्ते वनाईरहेका छन त काेहि छ/सात बर्षे

नाबालकहरुलाई मगन्ते बनाईरहेका छन l  यहि बाट दयाकाे भिक मागेर केहिले घरघडेरि त केहिले कार किनेका समाचार हेर्नु र सुन्नु सामान्य नै हुने गरेकाे छ  l टिकटक लाईभमा ईमाेस्नल ब्यालकमेल गर्ने iphone वालि VIP मगन्ते संग iphone छ , RCC घरमा साेफा र गुडियाले सजिएकाे काेठा छ , हातमा सुनकाे चेन र घाँटिमा दुई ताेला बढिकाे सिक्रि छ जुन मैले देखेँ  तर यिनै VIP लाई लाईभमा पिलेन उडाउने राेशन भाईकाे घरमा आमा बस्ने सुकुल छ कि छैन हाेला , तुना छिनेर पनि रसि बाँधेर लगाएकाे चप्पल  फेरिन कि नाँई हाेला l राेशनलाई प्रदेश पठाउदा तिलहरि राखेर सहकारिबाट लिएकाे चक्रिए ब्याजदरकाे ॠणकाे ब्याज तिरिन कि नाई हाेला l  प्रदेशमा पसिना बगाईरहेका राेशनहरुलाई आफ्नि आमाकाे वास्तबिक आँशुकाे कुनै चिन्ता छैन तर टिकटक लाईभमा गाेहिकाे आँशु बगाउदै गरेका VIP मगन्तेहरुकाे पिर छ l

जिबनभर सन्तानकाे लागि सबै संग सधै हार्न तयार भएकि आमाकाे तुना चुटिएकाे चप्पल फेर्न नसक्नेहरुले , टिकटक लाईभ का कन्या तथा बिवाहित तरुनिहरुलाई पिलेन उडाएर खै कस्ताे बहादुरि देखाउन खाेजेका हुन l

टिकटकटलाई मनाेरन्जन तथा कला प्रदर्शनकाे प्लेटफर्म मात्र बनाउँ न कि ईमाेस्नल ब्यालमेल गरि कमाई खाने भाँडाे l 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment