भारत लैजान लागेको हात्ती वीरगञ्जबाट नियन्त्रणमा

१३ चैत, काठमडाैँ । नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हात्ती सहित उनिहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको एसपी बस्नेतले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AnimalCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment