साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : अंकविहीन नेपालले आज बंगलादेशसँग खेल्दै

०९ चैत, काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशसँग नेपालले यो प्रतियोगितमा दोस्रो खेल खेल्न लागेको हो । खेल भारतको जमदेशपुरमा बेलुकी ७:१५ बाट हुनेछ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । त्यस्तै नेपालले पहिलो खेलामा भारतसँग ७–० गोलले पराजित भएको थियो ।

साफ यू–१८ खेल भारतमा जारी छ । नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितको सुखद अन्त्य गर्ने चाहनामा छ । त्यस्तै यसअघिको हारको बदला लिने पनि नेपाललाई मौका छ । यो प्रतियोगितामा नेपाल अंकविहीन समूहको पुछारमा छ ।

डबल राउण्ड रोबिनको आधारमा भइरहेको खेलमा शीर्ष दुई टीमले उपाधिका लागि खेल्नेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarfootballLockdownnepalSports News
Comments (0)
Add Comment