युक्रेनको सहयोगका लागि बेलायतमा कन्सर्ट आयोजना हुने

०८ चैत, बेलायत । विश्वका चर्चित गायक गायिका तथा कलाकार क्यामिला क्याबेल्लो, एड सिरन र स्नो प्याट्रोलले आगामी साता आयोजना हुन गइरहेको ‘कन्सर्ट फर युक्रेन’ नामक कार्यक्रममा आफ्ना प्रतिभा प्रदर्शन गर्ने भएका छन् ।

यस कार्यक्रमलाई आईटीभी र एसटीभीले प्रसारण गर्ने भएका छन् ।

यस चन्दा संकलन कार्यक्रममा एमेली सन्डे र ग्रगोरी पार्टरले पनि भाग लिने निर्णय गरिसकेका छन् । कार्यक्रम आयोजकहरूले अन्य थुप्रै अन्तर्राष्ट्रिय कलाकारहरूले पनि स्वत: स्फुर्त रूपमा यसमा भाग लिने अपेक्षा गरेको छ ।

२२ मार्च देखि २९ मार्चमा बेलायतको बर्मिङ्घममा आयोजना हुने यस कन्सर्टको टिकट बिक्री हुने भएको छ । क्यावेल्लोले भनेकी छन्, “युक्रेनी जनताको दुख देखेर मुटु चर्किरहेको छ । तिनीहरूलाई मद्दत गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

यस कार्यक्रमबाट उठेको रकम युक्रेनको मानवीय सहयोगका लागि अपिल गर्ने ‘प्रकोप आपतकालीन समिति’लाई प्रदान गरिने छ । यस समितिले युक्रेन र त्यासका छिमेकी मुलुकहरूमा रहेका शरणार्थीहरूलाई अहिले खाद्यान्न, पानी, आश्रय र औषधि उपचार उपलब्ध गराइरहेको छ ।

आईटीभीले पनि सम्पूर्ण प्रायोजन र विज्ञापनबाट उठ्ने अनमान गरिएको करिब ३० लाख पाउन्ड सो समितिलाई सहयोग स्वरूप प्रदान गरिने बताएको छ । सान्डेलले पनि एक विज्ञप्तिमार्फत भनेका छन्, “म पनि युक्रेनबाट भाग्न विवश पारिएका प्रत्येक मानव र यस्तो मानवीय समस्याकाबेला पनि जातीय भेदभावमा परेकाहरूका लागि गीत गाउँदैछु । कसैलाई पनि राहत सामग्री पाउन र सुरक्षाका लागि सिमा पार गर्नबाट बन्चित गरिनु हुन्न ।”

युक्रेनमाथि रुसको आक्रमण चौँथो सातामा प्रवेश गरेकोबेला कन्सर्ट आयोजना घोषित भएको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthLockdownnepalPolitic
Comments (0)
Add Comment