नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

०५ चैत, नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ सुरु भएको छ ।

नगरपालिकाको आयोजना तथा स्थानीय साइनिङ आवासीय माविको संयोजनमा सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ३० वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिता आज उद्घाटन गर्दै संविधानसभा सदस्य कृष्ण पौडेलले नगरभित्र खेलकुदका गतिविधिको उचित विकास हुन नसकेको बताउनुभयो । सामूहिक प्रयत्नबाट खेलकुदसहित विद्यार्थीको समेत चौतर्फी विकास गर्न सकिने भएकाले विद्यालयको खेलकुदलाई तीन तहकै सरकारले प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नगरप्रमुख छत्रराज पौडेलले निजी विद्यालयले खेलकुदको संयोजन गरेकामा सामुदायिक विद्यालय सहभागी नहुनु दुःखद भएको बताउनुभयो । नगरपालिकाका तर्फबाट विद्यालय खेलकुदका लागि सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतियोगितामा भलिबल, फिल्ड एन्ड ट्र्याकका एथलेटिक्स, कबड्डीलगायत खेल समावेश गरिएको कार्यक्रम संयोजक एवं साइनिङ आवासीय माविका प्रिन्सिपल लक्ष्मीप्रसाद दवाडीले बताउनुभयो । प्रतियोगिताको समापन चैत ७ गते हुने जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalSports News
Comments (0)
Add Comment