उपमेयर कप आजदेखि

०५ चैत, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्नुहुने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । उद्घाटन समारोहपश्चात् हुने पहिलो खेलमा वडा नं ६ र ९ खेल्ने भएका छन् ।

प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको बताइएको छ । समूह ‘ए’ मा वडा नं ६, ९ र ५ रहेका छन् । समूह ‘बी’ मा वडा नं २, ८, ४, ११ छन् । चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ । उपाधि विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हँुदै आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।

यसअघि चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19CricketDeathdigital khabarhealthLockdownnepalNewsPoliticSports News
Comments (0)
Add Comment