वसन्तपुरमा होली ‘हंगामा’, होलीमा यस्तो देखियो काठमाडौं सहर (फोटोफिचर)

०३ चैत, काठमाडौ । फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो । ट्राफिक प्रहरीले सवारी साधनलाई न्युरोड गेटबाट रत्नपार्कतर्फ पठाएको छ । पैदल यात्रुको भीडभाड न्युरोड गेटदेखि वसन्तपुर दरबार क्षेत्रसम्मै छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्ष होली खेल्न नपाएका नेपालीले यो वर्ष उत्साहका साथ होली खेलेका हुन् । होलीलाई हिन्दुको रङ्गको चाड फागु पर्वसमेत भनिन्छ । राजधानीलगायत पहाडी जिल्लामा बिहीबार उल्लासका साथ होली मनाइएको हो ।

वसन्तपुर दरबार क्षेत्रमा चिर रथारोहण भएपछि यस पर्वको सुरुवात हुन्छ । होलीका दिन वसन्तपुर क्षेत्रमा नेपालीसँगै विदेशी पर्यटकले पनि विभिन्न रङ्ग दलेर यो पर्व मनाउने गरेका छन् । एक आपसका मुखमा रङ्ग दलेर होली पर्व मनाइन्छ ।

यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ ।

आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड रहेको थियो । यस्तै, काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म भरिभराउँ रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment