एनसेलले ल्यायो ‘गज्जबको दैनिक जीबी प्याक’

०२ चैत, काठमाडाैँ । एनसेलले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा थप सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डेटा प्याक घोषणा गरेको छ।

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ।

ग्राहकले अब करसहित १२९ मा ७ जीबी अल–टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन्। त्यसैगरी १४ जीबी अल–टाइम डेटा प्याक १९९ रुपैयाँमा लिएर सात दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ। पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले सात दिनसम्म कुल ७ जीबी पाइरहेका थिए। अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब रू. २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन्।

यसअघि ग्राहकले सोही मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले सात दिनसम्म पाइरहेका थिए। त्यसैगरी एनसेलका ग्राहकले अब रु. ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन्, जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबारदेखि सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । प्रि–पेड ग्राहकले ८१७१२३८१३ डायल गरी प्राप्त निर्देशन अनुसार डेटा प्याक एक्टिभेट गर्न सक्छन्। यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthLockdownNCELLnepalNews
Comments (0)
Add Comment