अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पोषण राज शर्मा

०२ चैत्र, लालमटिया(देउखुरी दाङ) ।
पब्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका लालमटिया देउखुरी दाङमा अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी तथा अभिभावकको लागि आयोजित कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकको संस्कार तथा व्यवहार र उनीहरुको मनोविज्ञान बारे जानकारी गराउदै कार्यक्रममा कुसल अभिभावक र बिद्यार्थी भनेको के हो ? बिद्यार्थीहरुलाई कसरी मैत्रिपुर्ण बातावरण दिन सकिन्छ ? असल अभिभावक र बालबच्चामा हुनु पर्ने गुर्णका बारेमा प्रशिक्षण गरिएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष श्रीकृष्ण शर्माको अध्यक्षता एवं पोजेटिभ भाइब्रेसन अर्गनाइजेसन काठमाडौका कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक प्रितम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रशिक्षक पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक, अभिभावक, विद्यार्थी एवं विद्यालय प्रशासनले खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको बारेमा बताउनु भएको थियो ।

बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावक र शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला अभिभावक र शिक्षकमा परिवर्तन आउनुपर्नेमा जोड दिईएको छ ।

अहिलेका विद्यार्थीलाई भयरहित वातावरण र प्रोत्साहनको आवश्यकता रहेकाले विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक, अभिभावक र विद्यालयले निर्माण गर्नुपर्ने र प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएको हुनाले उनीहरुलाई घर परिवार, गाउँ, समाजका हरेक गतिविधिमा संलग्न गराउनु पर्ने कुरामा जोड दिईएको छ ।

विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले कार्यक्रमको विषय प्रवेश र स्वागत गर्दै विद्यालय र अभिभावक विचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउ विद्यालयले ज्ञान, सीप र संस्कारयुक्त गुणस्तरीय शिक्षा प्रदान गरेका कारण जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउनु भएको छ ।

कार्यक्रममा विद्यालय सञ्चालन समिति अध्यक्ष श्रीकृष्ण शर्मा सदस्य केशवराज आचार्य र शोभाखर भुसालले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका मुना गिरीले गर्नु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19DangDeathdigital khabardigitalkhabareducationhealthInternationalLockdownnepalNewsPoliticProgramVaccine
Comments (0)
Add Comment