दोस्रो खेलमा नेपालको झनै खराब ब्याटिङ, नेपाल १ सय ९६ रनमा अल आउट !

२४ फागुन, काठमाडौं । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो । श्रीलंका नेभीले टस जितेर पहिले फिल्डिङको निर्णय लिएपछि नेपालले पहिले ब्याटिङमा उत्रिएको थियो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ६३ रन जोडे । यस्तै भिम शार्कीले २८, विवेक यादबले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे ।

अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ज्ञानन्द्र मल्ल १, कुशल भुर्तेल ३, रोहित कुमार पौडेल ८, बिनोद भण्डारी २, बिक्रम शोबले १ र सागर ढकाल ८ रनमा आउट भए ।

यसअघि, सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको तयारीमा रहेको नेपाल हाल श्रीलंका भ्रमणमा रहेको छ ।

श्रीलंकामा नेपालले श्रीलंकाको प्रथम श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्ने छ । श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ । पहिलो खेल खेलेका आसिफ शेख, कमलसिंह ऐरी र करण केसीले दोस्रो खेलका लागि विश्राम पाएका छन् । पहिलो खेलमा नेपालले १ सय ११ रनको जित निकालेको थियो ।

युएईमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । यसपछि टोलीले मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलोम्बो ११ सँग खेल्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarhealthnepalPoliticsportsSrilanka
Comments (0)
Add Comment