नेपालद्धारा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य

२३ फागुन, काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीविरुद्ध खेल्दैछ ।

नेपालले श्रीलंका नेभीलाई २ सय १५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुदै २ सय १४ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे ।

आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले २ रन जोडे ।

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ तथा अवादतले ३ विकेट हात पारे ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarhealthLockdownnepalNewsPoliticSrilanka
Comments (0)
Add Comment