‘माइ पे’ वालेट प्रयोग गर्दा एक लाख रुपैँयासम्मको दुर्घटना बीमा

२३ फागुन, काठमाडौं । डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको ‘माइ पे’ले नेपालमा पहिलोपटक वालेट प्रयोग गर्दा एक लाख रुपैँयासम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना ल्याएको छ।

‘माइ पे’का अनुसार ग्राहक महानुभावहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको हो। कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहक महानुभावहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन।

एक लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि ‘माइ पे’ एप डाउनलोड गरी केवाइसी भेरिफाइड भएको र नेपाली महिनाअनुसार हरेक महिना ‘माइ पे’मार्फत् न्युनतम एक हजारको कारोबार भएको हुनुपर्छ। यसरी मासिक एक हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको एक लाख रुपैँयाको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएसमार्फत् गराइनेछ कम्पनीले प्रस्ट पारेको छ।

यस बीमा सुविधाका अतिरिक्त ‘माइ पे’मार्फत् हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र १ मा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिले देखिनै दिँदै आइरहेको छ। साथै ‘माइ पे’का ग्राहक महानुभावहरुले ‘माइ पे’मार्फत् कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक उपयोग गर्दै आएको छ।

यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ। ‘माइ पे’ले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्यनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalMy PayNewsPoliticPrime MinisterSher Bahadur DeubatechnologyVaccineWalletWeather
Comments (0)
Add Comment