चेल्सीको शानदार जित

२२ फागुन, काठमाडाैँ । ईङ्गलिश प्रिमियर लिगमा चेल्सीले शानदार जित निकालेको छ । टर्फ मुर स्टेडियममा प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोलि बर्नलेमाथि ४–० गोल अन्तरको जित निकालेको हो ।

चेल्सीको जितमा काइ हाभेर्जले दुई तथा रेक्की जेम्स् र क्रिष्टियन पुलिसिचले एक एक गोल गरेका थिए ।

पूर्यातया हावि भएर खेलेको खेलको पहिला हाफमा चेल्सीले गोलरहित बराबरीमा चित्त बुझाएको थियो भने दोश्रो हाफमा खेलको सबै चार गोल गरेको थियो ।

खेलको ४७औं मिनटमा जेम्सले गोल गर्दे चेल्सीको खाता खोलेका थिए ।

त्यसपछि खेलको ५२ र ५५औं मिनटमा होभेर्जले लगातार दुई गोल गर्दै चेल्सीको अग्रतालाई ३–० गोल अन्तरमा पुर्याएका थिए ।

यसपछि ६९औं मिनटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई ४–० गोल अन्तरको जित दिलाएका थिए ।

जितसँगै २६ खेलमा ५३ अंक जोडेको चेल्सीले तेश्रो स्थानलाइ थप मजबुत बनाएको छ ।

अर्काेतर्फ हारको सामना गरेको बर्नलेको रेलिगेशन खतरा टर्न सकेन । १८औं स्थानमा रहेको बर्नलेको २६ खेलमा २१ अंक छ

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarfootballhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment