नेपाल आयल निगम घाटामा, तर कर्मचारीलाई भत्तैभत्ता !

२१ फागुन, काठमाडौं । महिना दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीलाई विभिन्न शीर्षकमा भत्तैभत्ता दिइँदै आएको भेटिएको छ ।

निगमका कर्मचारीहरुले यातायात भत्तादेखि पोशाक संरक्षण भत्ता (लुगा धुने खर्च), पेट्रोलियम जोखिम भत्ता, घर रंगरोगन खर्च, खाजा खर्च, औषधि उपचार खर्चलगायतका विभिन्न शीर्षकमा भत्ता पाउँदै आएको भेटिएको हो ।

हाल आयल निगमका ५ सय कर्मचारीहरुले पाउँदै आएको पोशाकको सफाइ भत्ता भने कटौती गरिएको छ । कर्मचारीले दैनिक १५ रुपैंया भत्ता पाउँदै आएका थिए । पोशाक संरक्षण भत्तातर्फ मात्र वार्षिक ५० लाख खर्च हुने बताइएको छ ।

तर, निगम सञ्चालक समितिको शबिार बसेको बैठकले निगमका ५ सय हाराहारी स्थायी कर्मचारीहरुले पाउँदै आएको पोशाक संरक्षण भत्ता कटौती गरेको छ । निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले कर्मचारीको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको आयल निगमले जनाएको छ । नेपाल आयल निगमका कर्मचारीहरुले अनेकन सेवा सुविधा र भत्ता लिने गरेका छन् ।

पेट्रोलियम पदार्थकाे भाउ बढाएर जनताको ढाड सेक्दा पनि अझैँ पनि निगम घाटामा छ भन्दै मूल्यवृद्धि गर्ने निगमभित्र भने जनताबाट उठेको रकमले भत्तैभत्ता पचाउने काम भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19Deathdigital khabardigitalkhabareducationhealthInternationalLockdownnepalNepal Oil CorporationNewsNOCPetrolPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment