मेयर विद्या सुनदर शाक्यले गरे नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उद्घाटन

१९ फागुन, काठमाडौं । सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको छ ।

नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगिताको बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर शाक्यले यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्ने दूतावासको पहलको प्रशंसा गरे। उनले दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको राम्रो सम्भावना रहेको बताए ।

यस्तै राजदूत सैयद हैदर शाहले कोभिडको यस समयमा स्पोर्ट्स र बाहिरी गतिविधिको महत्व झनै बढेको बताए । उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने संकेत गरेको बताए । उनले नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए ।

यसैगरी उनले यस कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए । राजदूत शाहले मेयर र नेपाल सरकार तथा यस कार्यक्रमको आयोजनामा ​​सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

आजबाट शुरु भएको प्रतियोगिता फागुन २६ गतेसम्म संचालन हुनेछ । कुल १२ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा खेलाइने छ ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ए मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब, समूह बी मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए रहेका छन् ।

यस्तै समूह सी मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर रहँदा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

चारै समूहका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान दूताबास र एचके क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19CricketDeathdigital khabarNewsPolitic
Comments (0)
Add Comment