प्रदेशस्तरीय खेलकुदमा दुबै तेक्वान्दो संघले सहभागिता जनाउने

१९ फागुन, काठमाडौँ । बाग्मति प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हुन लागेको प्रथम बाग्मति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा दुवै तेक्वान्दो संघका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त कुराको जानकारी तेक्वान्दो खेलको प्राविधिक समितिका संयोजक माधव कोइरालाले गराएका हुन् ।

कोइरालालाई प्रदेश खेलकुद विकास परिषदले फागुन १३ गते तेक्वान्दोको खेलको प्राविधिक समतिको संयोजकमा नियुक्ति गरेको हो । कोईराला राष्ट्रिय खेलकुद परिषदका सहायक तेक्वान्दो प्रशिक्षक हुन् ।

प्रदेशस्तरीय प्रतियोगितामा दुवै तेक्वान्दो संघले सहभागिता जनाउने भएपछि नेपाल तेक्वान्दो संघले आफ्ना खेलाडीहरुलाई सहभागिता गराउने सम्वन्धमा अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

बाग्मति प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले राष्ट्रिय तेक्वान्दो संघका खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाउने भए नेपाल तेक्वान्दो संघका खेलाडीले सहभागिता नजनाउने मौखिकरुपमा जानकारी गराएका थिए ।

अहिले आएर अध्यक्ष पुरीले प्रतियोगितालाई सपोर्ट गर्ने र सहभागिता गराउने भने पनि त्यसको अहिलेसम्म कुनै टुङ्गो नलागेको स्रोतले बताएको छ ।

‘यो प्रतियोगिता सरकारले आयोजना गर्न लागेको हो, त्यसैले जसरी पनि सफल पारिन्छ’ संयोजक कोइरालाले भने,‘तेक्वान्दो सबै खेलाडीको साझा हो, दुुवै संघका खेलाडीेले खेल्नु पाउनु पर्छ, रेफ्रीहरुले आफ्नो भूमिका निभाउनु पाउनु पर्छ, यसमा कसैले विरोध गर्न पाउँदैन ।’

कोइरालाले भनmे‘सरकारले आयोजना गर्न लागेको प्रतियोगिता भएकोले दुवै संघका तेक्वान्दो खेलाडीले खेल्न पाउनु पर्छ । यो उनीहरुको अधिकारको कुरो पनि हो । तर कुनै संघले पूर्वाग्रह राखेर खेल्न चाहदैन भने हाम्रो भन्नु केहि छैन ।’

तेक्वान्दो खेलको आमूल परिवर्तनका लागि पनि दुवै तेक्वान्दो संघले सहभागिता जनाउनु अहिले जरुरी भइसकेको कोइरालाले बताए । यसर्थमा कि राष्ट्रिय खेलकुद परिषदमा दुवै तेक्वान्दो संघ वैधानिकरुपमा दर्ता छन् ।

प्रतियोगिता फागुन २८ देखि ३१ गतेसम्म हेटौंडा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन फागुन २८ गते हुनेछ ।

प्रतियोगितामा आठ खेल तेक्वान्दो, कराते, ब्याडमिन्टन, फुटबल, एथलेटिक्स, क्रिकेट, बक्सिङ्ग र भलिबललाई समावेश गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalPoliticSports News
Comments (0)
Add Comment