बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

१८ फागुन, बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताए ।

उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न १० दिनयता पाडोलाई आहारा बनाएर बाँधेर राखिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायत टोलीले नियन्त्रणमा लिएको बाघलाई बाँके निकुञ्जको होल्डिङ सेल्टरमा राखिने डिभिजन वन बाँकेका प्रमुख कँडेलले बताए ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको ४ र ६ वडामा पाँच महिनायता बाघले आक्रमण गरेर पाँच स्थानीयको ज्यान लिइसकेको प्रहरीले जनाएको छ ।

बाँकेमा बाघको आक्रमण बढेपछि नियन्त्रणमा लिन माघ महिनामा पनि चितवनबाट प्राविधिक टोलीले समेत खटाइएको थियो । तर, बाघ फेला नपरेपछि प्राविधिक टोली फर्किएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AnimalCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment