जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि

१५ फागुन, सिन्धुपाल्चोक । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

आज दुई खेल सञ्चालन गरिने छ । गाउँपालिका र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले विसं २०७४ देखि निरन्तर ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिता’को तीनवटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कोरोना महामारीका कारण चौथो संस्करण स्थगन भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न गाउँपालिकाका आठवटै वडामा क्रिकेटका सामग्री वितरण गरिएको छ ।

विगत वर्षमा गाउँपालिकामै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई अहिले काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशालामा गर्न लागिएको खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगिता यही २२ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोलीको सहभागिता छ ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टोलीले क्रमशः रु ७५ हजार र ४० हजारसहित पदक तथा प्रमाणपत्र र प्रतियोगिताभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19CricketDeathdigital khabarLockdownnepalNewsPoliticSports News
Comments (0)
Add Comment