रुपन्देहीका सञ्चारकर्मीबीच मिडियाकप फुटसल

१३ फागुन, लुम्बिनी । रुपन्देहीका सञ्चारगृह तथा सञ्चारकर्मीबीच दोस्रो ‘टेन स्टिल्स मिडियाकप फुटसल–२०७८’ आयोजना गरिने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजले यही फागुन २० गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कोभिड सङ्क्रमणका कारण सङ्कटमा परेका सञ्चारगृह र सञ्चारकर्मीलाई मानसिक र शारीरिकरुपमा स्फूर्त बनाई भ्रातृत्व भाव विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको प्रतियोगितामा जिल्लाका एक दर्जनभन्दा बढी सञ्चारगृहको सहभागिता रहने र प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

प्रतियोगिताले सञ्चारकर्मी र सञ्चारगृहबीच भ्रातृत्व विकास गर्नाका साथै थप नयाँ ऊर्जा प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका प्रबन्धक गौतम भुसालले बताउनुभयो । गत वर्षदेखि आयोजना गरिएको प्रतियोगिताबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई मध्यनजर गरी वार्षिकरुपमा नियमित प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो पटक पनि फुटसल प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयोे ।

प्रतियोगितामा प्रथम पुरस्कार रु २५ हजार र दोस्रो पुरस्कार रु १५ हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु तीन हजार ५०० तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही रु दुई हजार ५००का साथै कप, पदक तथा प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न रु चार लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा महिला पत्रकारबीच पनि मैत्रीपूर्ण खेल आयोजना हुने जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarfootballhealthLockdownnepalNewsPoliticSports News
Comments (0)
Add Comment