चितुवाको उद्धार

०७ फागुन, बागलुङ । बागलुङ नगरपालिका–३ पाखाथरमा आज बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ ।

अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो । “चितुवाको अवस्था गम्भीर नै छ, विष खाएर बेहोस भएजस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “भोलिसम्म राखेर हेर्छौं, नत्र थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुन्छ ।”

बिरामी भएर बाटामा लडेका अवस्थामा देखेपछि स्थानीयवासीले कार्यालयलाई खबर गरेका थिए । कार्यालयका कर्मचारी र प्रहरीले त्यसको उद्धार गरेका थिए । उपचारबाट निको भएमा चितुवालाई जङ्गलमा लगेर छाडिने कार्यालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AnimalCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment