वैज्ञानिकहरुले पत्ता लगाए पृथ्वीबाट ११७ प्रकाश वर्ष टाढा एउटा नयाँ ग्रह

०४ फागुन, काठमाडौं । हालै वैज्ञानिकहरुले पृथ्वीबाट ११७ प्रकाश वर्ष टाढा एउटा नयाँ ग्रह पत्ता लगाएका छन्।

उक्त ग्रहको परिस्थिति हेर्दा त्यहाँ जीन्दगी हुर्कन सक्ने संकेत मिलेको बताइएको छ। पत्ता लागेको ‘बसोबासयोग्य’ भनिएको उक्त नयाँ ग्रह पानीका हिसाबले अति तातो वा अति चिसो नभएको अनुसन्धाताहरुलाई उद्धृत गर्दै डीडब्लू डटकमले उल्लेख गरेको छ।

ब्रिटिश रोयल एस्ट्रोनोमिकल सोसाइटीले यसका बारेमा जानकारी दिएको हो। सोसाइटीले एउटा ग्रहले पुराना साना साना सेता क्षुद्र ग्रहको परिक्रमा गरिरहेको जानकारी दिएको छ।

अनुसन्धाताका लागि यो खोज बिल्कुल नयाँ भएको र यसको खोजी गर्ने अनुसन्धाता दलका प्रमुख जेय फारिही यूनिभर्सिटी कलेज लण्डनका प्राध्यापक रहेको समाचारमा उल्लेख छ।

उनले बीबीसीसँगको कुराकानी गर्दै उक्त टिमका लागि यो एउटा झट्काजस्तै भएको बताएका डीडब्लू डटकमले लेखेको छ।

उनले यसको पुष्टि भएको खण्डमा कुनै सेतो क्षुद्र ग्रहको परिक्रमा गर्ने ग्रहमा जीवन बाँच्न सक्ने सम्भावना भएको पहिलो पटक हुने पनि प्रस्ट पारेका छन्।

फारिहीले भनेका छन्, ‘हामीले कुनै ग्रह भेट्टाएपछि सामन्यतया: यसले उक्त ग्रहमा अरु पनि केही छ भन्ने बुझाउँछ।’ अनुसन्धाताहरुले यो ग्रह रहेको ठाउँमा सेता क्षुद्रग्रहलाई परिक्रमा गर्ने ६५ ओटा चन्द्रमा बराबर आकार भएका खगोलीय पिण्ड हुन सक्ने आकलन गरेका छन्।

उनीहरुका अनुसार ग्रहका गुरुत्वाकर्षणले प्रभाव पार्ने भएकाले तिनीहरुको बीचमा रहेका दूरी घट्दैन। यसरी हेर्दा ग्रह यसैको आसपास हुनुपर्ने र यसको अस्तित्वका प्रामाणिक प्रमाण खोज्नु वैज्ञानिकहरुको अबको उत्तरदायित्व रहेको बुझिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment