देउवालाई छाडेर छुट्टै रणनीति बनाउँदै प्रचण्ड-माधब !

२७ माघ, काठमाडौं । एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन वारपारको अवस्थामा पुगेको छ । विपक्षी दल एमालेसंग मिलेर नै भएपनि एमसीसी पास गराउने गरि देउवा अघि बढेपछि सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छुट्टै छलफलमा जुटेका छन ।

यता देउवाका पछिल्ला कदम पनि एमालेको ईशारा केन्द्रीत भएपछि ओली–देउवा एक हुने सम्भावना बढेर गएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गतिविधि गठबन्धनको मर्म अनुरुप नभएपछि सत्ता गठबन्धनभित्र नयाँ समिकरण देखिएको छ । देउवाले गठबन्धनको सहमती भन्दा बाहिर गएर निर्वाचन मिति घोषणा गर्ने तथा पछिल्ला गतिविधी एमालेको हितअनुकुल गनै थालेपछि गठबन्धनका अन्य दलहरु छुट्टै छलफलमा जुटेका छन् ।

लामो समयदेखि संकटमा रुमलिएको गठबन्धनका पछिल्ला गतिविधि विभाजनउन्मुख देखिन्छ । यता प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न बाधक बनिरहेका सभामुखकै विकल्पका वारेमा समेत छलफल सुरु गरेको बुझिएको छ ।

जसका लागि लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने प्रतिवद्धता जनाएको छ । गठबन्धनको अन्तिम राय बुझ्न बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगीत गरिएको छ । यदि सत्ता सहयात्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एमसीसीमा फेरी तगारो बने पेलेरै

संसदबाट एमसीसी पारित गर्ने तयारी देउवाले थालेका छन् । फकाउने, धम्याउने र थर्काउने त्यसपछि पनि माहोल आफ्नो पक्षमा नआए विकल्प खोज्ने देउवाको प्रवृत्ति गठबन्धनमा पनि लागू हुने देखिन्छ । गठबन्धन राष्ट्रिय मुद्धामा एक हुनुपर्नेमा त्यो अनुरुप अघि बढ्न नसकेपछि त्यसको विकल्प खोज्ने कांग्रेसको तयारी छ ।

यता माओवादी र एकीकृत समाजवादीपनि पछि हट्न सक्ने अवस्थामा छैनन् । यसैपनि कमजोर अवस्थामा रहेका उनीहरु एमसीसी गराएर चुनावमा जान सक्ने आँटमा पनि छैनन् । तर निर्वाचनसम्मै गठबन्धनको ग्यारेन्टी भए र आफ्नो प्रस्ताव अनुसार निर्वाचनका बारे निर्णय भए एमसीसी बारे

सोच्ने सकिने मुडमा उनीहरु थिए । त्यो पनि नबनेपछि एमसीसीमा मात्र काध थापेर नजाने रणनितिमा प्रचण्ड-नेपाल देखिएका हुन । कम्युनिष्टहरु टुटफुट भएकै वेला निर्वाचन भए त्यसको फाईदा आफूले उठाउन सक्ने देउवाले देखेको उनीहरुको बुझाइ छ ।

गठबन्धन फुटाउन एमसीसी हतियार हुनसक्ने बुझेको एमालले पनि सभामुखलाई हटाए संसद चल्न दिने र एमसीसीमा साथ दिने प्रस्ताव यसअघि नै काँग्रेसलाई गरेको थियो । तर प्रचण्ड-नेपाल विरुद्ध देउवालाई प्रयोग गर्ने ओलीको दाउ कतै नेपाल विरुद्ध-प्रचण्ड प्रयोग गर्ने तर्फ प्रयोग हुने त

हैन भन्ने आशंकाले देउवा अघि बढ्न सकिरहेका थिएनन् । त्यसो भए नेपालबाहेक वामपन्थी एकता हुने र ७४ को निर्वाचनको नियती दोहोरिने डर उनमा छ । तर एमालेले प्रष्ट शब्दमा वाम एकताको सम्भावना नरहेको संकेत गरेपछि देउवा हौसिएका छन । अर्थात प्रचण्ड-नेपालको प्रवृत्ती

अवसरवाद भएको भन्दै समस्यामा परे भन्दैमा अंगालो हाल्ने पक्षमा नरहेको एमालेको तर्क छ ।

यी पछिल्ला घटनाक्रमले अव देउवा नरोकिने प्रष्ट पारेको छ भने ओली–देउवा नजिकिने सम्भावना बढेको छ । अब सभामुख तारो बन्ने तथा पेलेरै एमसीसीमा अघि बढ्ने देखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी पनि त्यसको प्रतिकारमा अघि बढ्ने प्रष्ट । अर्कातर्फ ओलीसंग पनि एक

हुनसक्ने सम्भावना नरहेपछि वामपन्थी भन्दा प्रचण्ड–नेपाल भर्सेस ओली– देउवा हुने अवस्था छ । फलत ः अवको केहि दिनमै सत्ता गठबन्धन फुटेर नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेर गएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownMadhav Kumar NepalNewsPoliticPrachanda
Comments (0)
Add Comment