२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु

२५ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ११ हजार ६९२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर १९ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा पाँच हजार १०३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९५.० प्रतिशत रहेको मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19 updatedigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment