आहा! रारा गोल्डकपमा आज पुलिस र हिमालयन शेर्पा भिड्दै

०७ माघ, पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोश्रो दिन शुक्रबार आज एक खेल हुँदैछ । पोखरास्थित पोखरा रंगशालामा हुने आजको एक मात्र प्रि-क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुलिस र शेर्पाबिचको खेल दिउँसो २ बजेबाट शुरु हुनेछ । यस खेलको विजेताले माघ ९ गते सेमिफाईनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

यस्तै माघ १० गते संकटा र मछिन्द्र क्लब प्रि–क्वार्टरफाइनलमा खेल्नेछन् । अन्तिम प्रि–क्वार्टरफाईनलमा माघ ११ गते थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

माघ १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजकले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता शुरु गरेको छ ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थ्री स्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ । गत वर्ष जस्तै यस पटक पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarfootballhealthKathmandunepali footballNepali NewsSports News
Comments (0)
Add Comment