उत्पादन बढेसँगै घट्यो गोलभेँडाको भाउ

०४ माघ, काठमाडाैँ । उत्पादन बढेसँगै गोलभेँडाको भाउ घटेको छ। किसानले लगाएको गोलभेँडा एकै समयमा बेच्न तयार भएपछि बजार भाउमा कमी आएको छ। सर्लाहीमा अहिले गोलभेँडा उत्पादनको मुख्य याम हो।

अधिकांश किसानको खेतबारी गोलभेँडा पाकेर राताम्मे छ। यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा बिक्री गर्न लालबन्दी ल्याइने भएकाले यहाँ अहिले गोलभेँडा प्रतिक्रेट (२५ केजी)को ४ सय रुपैयाँमा बिक्री भइरहेको छ। क्रेटको ४ सय रुपैयाँले बेच्दा किसानले एक किलो गोलभेँडाको १६ रुपैयाँ पाउँछन्। दुई साता अघिसम्म गोलभेँडा प्रतिक्रेट ८ सयदेखि हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो।

लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी किसान जुना घिमिरेले मुख्ययाममा गोलभेँडाको मूल्य बर्सेनि घट्ने गरेको गुनासो गरिन्। पाकेर राताम्मे भएका गोलभेँडा तत्कालै बिक्री नगरे बारीमै कुहिने भएकाले कम मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

व्यावसायिक रूपमा गोलभेँडा खेती हुने लालबन्दी र हरिवन नगरपालिकाका उत्तरी भेगका किसानलाई अहिले गोलभेँडा टिपेर बजारम्म ल्याई बिक्री गर्ने चटारो छ। यो याममा किसानले गोलभेँडा बेचेरै राम्रो कमाइ गर्छन्।

लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बजारमा धेरै गोलभेँडा भित्रिएका कारण केही दिनदेखि गोलभेँडाको मूल्य निरन्तर ओरालो लागिरहेको बताइन्। आफूहरूले किसानसँग किनेको गोलभेँडा काठमाडौँ, नारायणघाट, वीरगञ्ज, सिन्धुलीलगायत स्थानमा पठाइरहेको व्यापारी उस्मानले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment