बालविवाह मुद्दामा पाँच जनालाई कैद

०४ माघ, दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

साथै उनीहरूलाई जनही रु पाँच/पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का

विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi Pahirobusinessdigital khabardigitalkhabar.comKathmanduNepali NewsRain
Comments (0)
Add Comment