फुटबल विकासका लागि एन्फा र साफबिच सम्झौता

०३ माघ, काठमाडाैँ । अखिल नेपाल फुटबल (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बिच फुटबल विकासका लागि विभिन्न पक्षमा सम्झौता भएको छ ।

एन्फा र साफबिचको दुई वर्षे सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदी अरेबियामा भएको एक कार्यक्रममा हस्ताक्षर गरेको एन्फाले जनाएको हो ।

सम्झौता अनुसार दुवै पक्षले फुटबल सम्बन्धि गतिविधिको भ्रमणको निम्तो वा आयोजना गर्नेछन् । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका अण्डर १७, अण्डर २० र अण्डर २३ राष्ट्रिय टोलीको प्रशिक्षण पनि आयोजना गर्नेछन् ।

एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी आदानप्रदान कार्यक्रमहरू पनि सञ्चालन गर्नेछन्।

युवा फुटबलको विकासमा विशेषज्ञता स्रोत साझेदारीलाई समर्थन र प्रोत्साहन गर्न विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू पनि सञ्चालन हुने एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पा अहिले साउदी अरबको भ्रमणमा छन् । उनले शनिबार एएफसीका महासचिव डाटो विन्डसर जोन र उपमहासचिव वाहिद कर्दनीसँग भेट गरेका थिए। बैठकले एन्फाका लागि प्राविधिक सहयोग कोष पुनः सञ्चालन गर्ने सहमति गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarfootballKathmanduNepali NewsSports News
Comments (0)
Add Comment