पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, तत्कालै काठमाडौं फर्काइयो

०२ माघ, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।

जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको थियो । उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाइँले बिहान पोखराका लागि उडेको जहाजको तत्कालै ढोका नलागेको इन्डिकेसन भएपछि काठमाडौं विमानस्थलमा फर्काएर अहिले चेकजाँच भइरहेको जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarFlightGuna AirLockdownnepalNewsPokharaPolitictechnology
Comments (0)
Add Comment