थारु बस्तीमा माघीको रौनक

०१ माघ, दाङ । दाङसहित पश्चिम तराईका थारु बस्तीमा आज माघी पर्वको रौनक छ । माघ १ गतेलाई माघी पर्वका रुपमा मनाइन्छ । थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा लिन्छन् ।

नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा थारू समुदायले एकापसमा सद्भाव प्रकट गर्ने गरेको थारू अगुवा भुवन चौधरी बताउँछन् ।

पश्चिम नेपालका दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका थारु बस्तीहरुमा यो पर्व मनाउन जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाइन्छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा रमाइन्छ । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुन्छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment