च्यासलका कमल र प्रदीप कोरोना संक्रमित

३० पुस, काठमाडाैँ । शहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासलका दुई खेलाडी गोलरक्षक प्रदीप भण्डारी र डिफेण्डर कमल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतियोगिता अन्तर्गत पोखरा रंगलाशामा भएको घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबविद्ध आठौं चरणको खेल खेलेर च्यासल गत साता काठमाडौं फर्किएको थियो ।

काठमाडौं फर्किएपछि गरिएको टोलीको कोरोना परिक्षण रिपोर्ट अनुसार दुई खेलाडी कोरोना संक्रमित भएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले बिहीबार आयोजित जानकारी दिएका हुन् ।

यस्तै हाल उनिहरु आइसोलेसनमा रहेका छन् । पोखरा रंगशालामा गत हप्ता भएको आठौं चरणको खेलमा च्यासल घरेलु टोली मनाङसँग ५-० ले पराजित भएको थियो ।

च्यासलले नवौं चरणमा पुलिस सँग खेल्ने छ । जारी लिगको खराब लयमा रहेको च्यासल रेलिगेशनको खतामा रहेको छ । १३ औं स्थानमा रहेको च्यासलले ८ खेलबाट पाँच अंक जोडेको छ ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगबाट यसपटक दुई टोली रेलिगेशनमा पर्दै बी डिभिजन लिगमा घटुवा हुनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19 updateCovid-19digital khabarfootballKathmanduNepali NewsSports News
Comments (0)
Add Comment