पूर्वराजा पुगेर गरे पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण

२७ पुष, काठमाडौं । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरे । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCricketdigital khabarhealthKathmanduNepali cricket teamNepali NewsPrithiv Narayan ShanRoyalSports News
Comments (0)
Add Comment