अवैध लागूऔषध सहित पक्राउ

२५ पुस, झापा । मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालयको गेट अगाडिबाट करिब ५० ग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ सहित पाँचथर फागुनन्द गाउँपालिका-३ गुफाडाँडा बस्ने २६ वर्षीय राकेश तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment