नेपाललाई साफ च्याम्पियनसिप महिला फुटबल आयोजना गर्न साफको प्रस्ताव

२५ पुस, काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आगामी संस्करणको साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको छ ।

साफले सामाजिक संजालमार्फत आगामी संस्करणको साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको जनाएको हो ।

साफको प्रस्ताव आएसँगै नेपालले च्याम्पियनसिप आयोजनाका लागि आवश्यक बजेट र स्थानको बारेमा जानकारी गराइसकेको तथा त्यसबारेमा साफले अध्ययन गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

महासचिव तुलाधरका अनुसार एन्फाले पोखरा र काठमाडौंमध्ये एक स्थानमा च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गरेको छ ।

नेपालको प्रस्ताव साफले स्वीकार गरेमा नेपाल च्याम्पियनसिप आयोजना गर्न तयार रहेको महासचिव तुलाधरले बताए ।

साफ र एन्फाबिच प्रतावित मागहरुमा सहमति भएमा आगामी अगष्ट १२ देखि २४ सम्म साफ च्याम्पियनसिप नेपालमा हुने छ ।

पछिल्लो पटक सन् २०१९ मा विराटनगरमा साफ च्याम्पियनसिप भएयता कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको छैन।

उक्त प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarfootballhealthKathmanduNepali NewsNepali Women FootballSports News
Comments (0)
Add Comment