बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

२३ पुस, बाँके । बाँकेको राप्तीसोनारी- ४ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घाँस काट्न अन्य दुई महिलासँगै जंगल गएकी ५२ वर्षीया महिलाको बाघले आक्रमण गरी लगेको थियो ।

प्रहरी, स्थानीयबासीले खोज्दै जाँदा केही पर उनको शव भेटिएको हो । प्रहरीले दुई राउण्ड गोली चलाएपछि बाघ शव छाडेर भागेको थियो ।

राप्तीसोनारीको सामुदायिक वनमा बाघको चहलपहल बढेपछि स्थानीयबासी त्रसित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AnimalbusinessDeathdigital khabarhealthKathmandu Digital KhabarNepali News
Comments (0)
Add Comment