महाकालीमा पुल निर्माण गर्न भारत र नेपालबीच एमओयूमा हस्ताक्षर हुने

२२ पुस, दिल्ली । महाकली नदीमाथि पुल निर्माण गर्न नेपाल र भारतबीच एमओयूमा हस्ताक्षर हुने भएको छ । दिल्लीमा आज आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सो कुरा बताएका हुन् ।

महाकालीमा पुल निर्माण भए भारतको उत्तराखण्डतर्फको धार्चुला र नेपालतर्फको दार्चुलाका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

गत साउन २५ गते तुुइनमार्फत महाकली नदी तर्ने क्रममा नेपाली नागरिक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले लठ्ठा काटेर धामी महाकालीमा खसेको भन्दै नेपालमा चर्को विरोध भएको थियो ।

नेपालले कूटनीतिक नोट समेत भारतलाई पठाएको थियो । तर, यसबारे भारतले जवाफ दिएको छैन । यो पृष्ठभूमिमा भारतीय सूचना तथा प्रसारण मन्त्रीले महाकालीमा पुल निर्माण गर्ने बताएका हुन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment