काठमाडौं मेडिकल कलेजविरुद्ध प्रदर्शन

२२ पुस, काठमाडौं । मेडिकल कलेजले गरेको शुल्क वृद्धिको विरोधमा विद्यार्थीले आन्दोलन चर्काउन थालेका छन् । पढ्न गएका विद्यार्थीलाई कक्षामा प्रवेश नगराएको कलेजविरुद्ध आन्दोनमा उत्रिएका विद्यार्थीले सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध हिजो बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । विद्यार्थीको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यबद्धता जनाएका छन् ।

त्यस्तै, कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजमा पनि तालाबन्दी गरेका छन् । माग पूरा नभएसम्म ताला नखोल्ने आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

सो कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिनुका साथै अनिवार्य रूपमा होस्टलमा बस्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । त्यसबाहेक विभिन्न शीर्षकमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कक्षा प्रवेशमा रोकसमेत लगाएको विद्यार्थीको आरोप छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahiroCollegedigital khabareducationhealthNepali NewsRainStudent
Comments (0)
Add Comment