निराशाकाे भारी बाेकेर प्रदेश हिँडेकाे त्याे दिन ( जिबनलाई पछि फर्केर हेर्दा – भाग १)

याेगेन्द्र खरेल

१४ पुस, लिस्वाेन पाेर्चुगल । म बि.एस्. सि . पढ्दै थिए त्याे बेला मलाई बिदेश गई अध्ययन संगै टन्न पैसा कमाउने भुत नै चढेकाे थियाे । प्रदेश जाने समुन्द्री किनारा मा गई हेप्पि हाेलि डे मनाउने, फाेटाहरु खिच्ने र feeling chill , happy holiday भन्दै फेसबुकमा पाेस्ट गर्ने । यहि अभिलाषाका साथ दुई पटकसम्म IELTS पास गरेर सम्भव भएसम्मका देशहरु मा Apply गरे तर कतै केही त कतै केही, यानिकि मेराे प्रदेश पस्ने सपना पूरा हुन सकेन । त्यसपछि बि.एस्.सि.पछि अध्ययनलाई अगाडि नबढाउने र बिदेश पनि नपस्ने बरु गाउँघर मै केही गर्ने भन्ने भावनाका साथ आफ्ना झिटिझाम्टा बाेकेर काठमाडौं लाई बाइ-बाइ गर्दै गाउँ पस्ने निर्णय गरेँ । याे बेला म निकै आशावादी थिए । मलाई लागेकाे थियाे, मैले आज जुन निर्णय गरे, याे निर्णय बारे मैले मेराे जिबनमा पुर्नबिचार गर्नुपर्ने छैन ।

याे निर्णय पछिकाे जिबनले मलाई धेरै कुरा सिकायाे । धेरै अनुभव बटुल्ने अवसर प्रदान गर्याे तर जिवनका सपनाहरु पूरा चाँही गर्न सकेन । म करिब ५ वटा बिध्यालय अध्यापन गराउदै गर्दा, ५ वटै फरक फरक समाज फरक फरक मनाेबृत्ति संगै केही सिक्ने र केही सिकाउने अवसर मिल्याे । म शिक्षक संगै सामाजिक र राजनीतिक गितिबिधिहरुमा समावेश हुँदै जाँदा केेही सफलता र केही असफलता हासिल हुदैगए । देशमा न त जागिरकाे सुनिश्चितता न त लगानी मैत्री वातावरण । सबै तिर अन्याेलता नै अन्याेलता । यी कुराहरुले कहिलेकाहिँ झस्क्याउथ्याे तर जब २०६२/२०६३ काे जनआन्दोलन भयाे । अनि म मा पनि धेरै आशा पलाइरहेकाे थियाे । त्यसपछि देशमा केही परिवर्तन हाेला । राेजगारी सृजना, लगानि मैत्री वातावरण, स्थायि र जनमुखी शासन, सामाजिक आर्थिक परिवर्तन आदिईत्यादी।

२०६३/६३ बाट एक दशक पार गर्दै २०७२/७३ आयाे । याे अबधिमा जिबनमा एकदशक बुढ्याैलि थपियाे । तर देश , जनता र म एक नागरिकको जिवनमा दस बर्ष बुढाे हुने बाहेक केही परिवर्तन थपिएन । एक राजा गए सयाै राजाहरु आए , सेवा प्रवाहकाे दर घट्याे कर काे दर बढ्याे । तिनै गणतन्त्रका छाेटे बढे राजाहरुकाे जयजयकार गाउनेहरुले ठेक्का पाए , करारकाे जागिर खाए , कृषि अनुदान पाए । याेग्य मान्छे ले जागिर पाउन छाेड्याे , याेग्य ठेकेदारले ठेक्का पाउन छाेड्याे , वास्तविक कृषकले कृषि अनुदान पाउन छाेड्याे ।

यी र यस्तै गतिविधिहरु याे एक दशकसम्म देखेपछि :अब नेपालकाे राजनीतिक संस्कार परिवर्तन हुने , सेवासुबिधा चुस्तदुरुस्त हुने कुरामा लगभग आशा मर्याे र यी सबै गतिविधिहरुले पुरानै आशा जगाउन बाध्य बनायाे अब अध्यापन छाेड्ने र प्रदेश पस्ने ।

हुन पनि याे पटक सजिलै भिषा लाग्याे र प्रदेश पस्ने निश्चित नै भयाे ,म पहिले बिदेश जाने भन्दा जत्ति खुसि हुन्थे त्यति खुसि थिईन अहिले । कशबअहिले मलाई बिदेशमा समुन्द्रि तटमा गई फाेटाे खिच्ने र feeling chill भन्दै फेसबुकमा राख्ने कुनै अभिलाषा थिएन पहिले बिदेश जाने भन्दा धेरै रहर र थाेरै मात्र बाध्यता थियाे तर अहिले त्यसकाे ठिक उल्टाे अनुभव गरिरहेकाे थिए , अहिले म बिदेश पस्नुमा थाेरै रहर र धेरै बाध्यता छ ।

SEE परीक्षामा सहभागी हुने मेरा बिधार्थिहरुलाई बिज्ञान बिषयमा मैले दिनुपर्ने र दिनसक्ने जति सबै कुराकाे ज्ञान दिएर उनिहरु संग पहिलाे बिदा लिए । मिति २०७४ चैत्र ४ गते याे म पहिलाे पटक प्रदेश पस्न घरबाट निस्केको दिन । एउटा लगेज र एउटा झाेला , गाडि चढ्ने ठाउँसम्म पुग्न करिब १५ मिनेट जति पैदल हिड्नुपर्ने । आफ्ना जिबनका सबै आशाहरु निराशामा परिवर्तन भएपछि फेरि नयाँ आशा र सपना बाेकेर यात्रा गर्न तम्सेकाे म एक यात्री ।

आज म बृध्द मातापिता जसलाई अब बिस्तारै साहाराकाे आवश्यकता महसुस हुदै थियाे । मेराे छाेराे संयम जाे काेर्काे मा हल्लिदै अब बाबा बाबा भन्ने अभ्यास गर्ने तयारी गर्दैथियाे , मेरि प्रिय जीवन संगिनि जसले संगसंगै बसेर त्याे सन्तानलाई संगै तातेताते गराउदै हुर्काउने सपना देखिरहेकि थिईन , मेरा आफन्त र त्याे समाज जसले म एक पढेलेखेकाे युवा बाट केही भए पनि परिवर्तनको आशा गरेकाे थियाे हाेला । यी सबैलाई निराशा बनाउदै म प्रदेश पस्न लगेज झाेला तयारी पारि जुत्ता लगाएर हिड्ने तयारिमा थिए । छाेराे काेक्राेमा मस्त निदाइरकाे थियाे , उसकाे निद्रा डिस्टभ नहाेस भन्दै बिस्तारै उसका गालाहरु सुमसुम्याए , मेराे जीवन संगिनि जब म बिदेश जाने भनेदेखि नै निकै निराश बनेकि थिइन ।

हिजाे बेलुका देखिनै राेईरहेकि जाे अहिले काेठा कै खाटमा सुख्खसुख्ख रुदै थिईन , उनलाई मैले भनेँ , कान्छि राम्रोसँग बस है । याे भन्दा बढ्ता शब्द मुखबाट निस्कनै सकिरहेकाे थिएन , याे भन्दा बढ्ता बाेल्न खाेजे आँसु झर्छ भन्ने थाहा थियाे । म मेरा आँखाबाट आँसु झाेरेर उनलाई थप दुखित पार्न चाहन्नथेँ । जब मैैले राम्रोसँग बस है कान्छि भने तब उनी उठेर मलाई झम्टिईन र अन्तिम सम्म मलाई बिदेश नजान आग्रह गर्दै रुदै थिईन । म उनलाई सम्झाउने प्रयास गरेँ तर सफल भईन । उनी संग अंगालोमा बाँधिएर धुरुधुरु रुन मलाई पनि मन लागेकाे थियाे तर प्रदेश पस्ने निदाे गरिसकेकाे मान्छेले त्यसाे गरेर आफुले आफुलाई कमजोर बनाउन र संगिनिलाई थप दुखित बनाउन चाहन्नथ्ये । घरबाट काठमाडौ जाने बस आउने बेला हुन थालेकाे थियाे । मेराे प्रिय संगिनिले मलाई अंगालो बाट छाेडेकै थिईनन , अब छाेड है गाडि आउने बेला भयाे भन्दा पनि छेाडिनन म जबर्जस्ती उनकाे अंगालो बाट छुट्टिए र भने बाई बाई, उनी बाेलिनन केबल राेइरहिन मात्र । म उनलाई यहि अबस्थामा मै छाडेर हिड्न बाध्य थिए । काेठा बाट निस्के ।

बृध्द अबस्थामा पुगिसेका मेरा मातापिता जसलाई अब बिस्तारै बिस्तारै साहाराकाे आवश्यकता महसुस हुँदै थियाे । उहाहरुले आज बुढेसकालमा आफ्नाे काखमा रहेकाे कान्छाे छाेरालाई प्रदेशकाे लागि बिदाइ गर्न विवश हुनुहुन्छ । मेराे माता जसकाे शरीरमा विभिन्न राेगहरुले डेरा जमाईसकेकाे थियाे , उहाँ साहारा खाेज्ने बेलामा साहारा लाई नै बिदाइ गर्न विवश हुनुहुन्थ्यो , हातमा राताे टीका , राताे फुल , दहि र फलफुल भएकाे थाली समाएर हात थरथर कमाउदै म बसेकाे खाटमा आउनुभयाे । मेराे पिता पनि पछिपछि आउनु भयाे र टीका लगाईदिदै भन्नुभयाे कालिका माताले रक्षा गरून् । मेराे माता सुँख्ख सुँँख्ख रुदै हुनुहुन्थ्यो भने पिता आँसु लुकाइरहनुभएकाे थियाे । उहाँ हरुलाई दर्शन गरे आशिर्वाद थापे ।

घरकाे आँगन मै रहेकाे कालिका मन्दिरमा दर्शन गर्दै घरबाट निस्किनथाले । घरमा एकप्रकारकाे सन्नटा छाएकाे थियाे , माता सुँख्ख सुँख्ख राेइरहनु भएकाे थियाे भने पिताका पनि आँखा रसाइरहेका थिए । माता पिता काे अनुहारमा पुर्लुक्क हेरेँ , उहाँहरुकाे अनुहारमा निराशा देखेँ मेरा आँखा पनि रसाउन थाले । छाेरि स्वीकृति र सुप्रिया ( दाजुका छाेरिहरु ) जसलाई आफ्नै सन्तान झै माया दिएकाे थिए । अल्लि बुझ्ने स्विकृतिले भनिन राम्राे संग जानुस है अंकल । तर थाेरैमात्र कुरा बुझ्ने सानि छाेरी सुप्रिया भन्दै थिईन भाेलि आउनुस है अंकल । म बाेले हस , अनी घरकाे गेटबाट बाहिर निस्किएँ याे बेला मेराे आँखाबाट आँसु रसाएका मात्र थिएनन बर्बर्ति झरिरहेका थिए । आँसुहरु झर्न दिने र पीडा कम बनाउने भन्दै रुमालले आँसु पुछ्दै घर तल्तिर पुग्दै गर्दा ।

पछाडि बाट आवाज आयाे हिड्याै कान्छा ? म हत्तपत्त हातमा भएकाे रुमाले आँसु पुच्छै पछाडि फर्के र हेरेँ। त्याे आवाज तुल्सि देईकाे रहेछ । तुल्सि परियार गाउँकि एक महिला समाजसेवि, म प्रदेश पस्ने कुराले उहाँ लाई पनि नराम्रो लागेकाे रहेछ । उहाँ भन्दै हुनुहुन्थ्यो के गर्नु आशा लाग्दा युवाहरु सबै बिदेश पस्न विवश छन , अब यहि पाराले के समाज परिवर्तन हेला र ।जहाँ भए पनि गाँउलाई नबिर्से है कान्छा । मैले भने हस , दिदी । घरबाट १५ मिनेट लगेज र झाेला लतार्दै बस चढ्ने ठाउँमा पुग्दा छाेराे संस्कार आईपुग्याे र ताेँते बाेल्दै भन्याे अंकल कता जान लाग्नु भाकाे ? संस्कार ( दाजुकाे छाेरा ) बिचरा अबाेध बालक उनलाई के थाहा उसकाे अंकल आफ्नाे परिवार , समाज छाेडेर प्रदेश पस्न विवश भएकाे छ भनेर …….. क्रमश:

नाेट : यसकाे दाेस्राे भाग आगामि अंकमा आउने छ , आगामि अंक बसकाे यात्रा मा प्रदेश पस्न विवश एक यात्रि र क्रिस्चियन पास्चर संग सम्बन्धित रहने छ )

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPoliticYogendra Kharel
Comments (0)
Add Comment