अलैँची जोनको क्षेत्र विस्तार गर्दै

०७ पुस, फुङ्लिङ । ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो ।

जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम लागू भएका स्थानीय तहका पनि सबै वडा समेटिएका थिएनन् ।

अहिले यसअहिले छुटेका स्थानीय तह र वडाहरुमा कार्यक्रम क्षेत्र विस्तार गरिएको परियोजना अलैँची जोन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेका अनुसार क्षेत्र विस्तारसँगै अलैँची जोन कार्यक्रमअन्तर्गत जिल्लाको एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ ।

जोनको क्षेत्रभित्र गरिँदै आएको खेतीबाट सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने उहाँले जानकारी दिनुभयो । क्षेत्र विस्तार गर्नुअघि जोनअन्तर्गत जिल्लाको एक हजार ३० हेक्टर क्षेत्रफलमा अलैँचीखेती थियो । पछिल्लो पटक २०८ हेक्टर क्षेत्रफल विस्तार गरिएको जोनले जानएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AgriculturealaichiBusinesbusinessDeathhealthKathmandu
Comments (0)
Add Comment