साफ उपविजेता नेपाली टोलीका खेलाडीले पाए जनही पाँच लाख

०७ पुस, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबिच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकलाई नगद हस्तान्तरण गरेका हुन्।

असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दै इतिहास रचेको थियो । इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख पुरस्कार र अफिसियललाई प्रमाणपत्र हस्तान्तरण गर्ने कात्तिक १ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख हस्तान्तण गरेका हुन् ।

साफ इतिहसमा पहिलो पटक फइनलनसम्मको यात्रा तय गरेको नेपाल फाइनलमा भारतसँग पराजित हुँदै ऐतिहासिक उपाधि जित्नबाट बञ्चित बनेको थियो ।

साफ उपविजेता नेपाली टोलीका खेलाडी : किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा ।

प्रशिक्षक : मुख्य प्रशिक्षक, अब्दुल्लाह अलमुताईरी, सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा बिकाश मल्ल छन् भने टिमको फिजियोमा अबिष्कार पुडासैनी र टिम व्यवस्थापकमा मधुशुदन उपाध्याय छन् ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा मुख्य प्रशिक्षक अलमुताईरी र कप्तान किरण चेम्जोङ भने उपस्थित थिएनन् । ब्यबसायिक फुटलब खेल्नका लागि किरण अहिले माल्दिभ्समा छन भने प्रशिक्षक अल्मुताइरी कतारमा छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabardigitalkhabarhealthKathmanduNepali Newsnepali sports newsSports News
Comments (0)
Add Comment