बेलायतले ओमिक्रोन प्रभावित व्यवसायका लागि एक अर्ब पाउण्डस्टर्लिङ सहयोग दिने

०७, पुस, काठमाडाैँ । क्रिसमसका समय कोरोनाभाइरसको ओमिक्रोनको सबैभन्दा बढी असर परेका व्यवसायीलाई सहयोग गर्न बेलायतले मंगलबार १.० अर्ब पाउण्डस्टर्लिङ ( करिब १ अर्ब ३० करोड अमेरिकी डलर) सहायता प्याकेजको घोषणा गरेको छ ।

यस योजनाले साधारणतया उनीहरूको व्यस्त समयको दौडान आतिथ्य र मनोरञ्जन क्षेत्रका फर्महरूलाई अनुदान प्रदान गर्नेछ साथै साना तथा मध्यम आकारका व्यवसायहरूका लागि वैधानिक रूपमा व्यवस्था गरिएको राहत प्रदान गर्ने सरकारले बताएको छ ।

हालैका हप्ताहरूमा बढ्दो कोरोनभाइरस सङ्क्रमणले गर्दा कर्मचारीहरूको अनुपस्थिति भएको साथै कर्मचारीको माग बढ्दै गएकोले अतिथि सत्कारको यो क्षेत्रले बारम्बार राज्य सहायताको लागि आह्वान गरेको छ ।

वित्त मन्त्री ऋषि सुनाकले भने, “ओमिक्रोन भेरिएन्टको फैलावटले आतिथ्य र मनोरञ्जन क्षेत्रका व्यवसायहरूले व्यस्त हुनुपर्ने समयमा ठूलो अनिश्चितताको सामना गरिरहेका छन् भन्ने कुरा हामीलाई थाह छ । त्यसैले १ अर्ब पाउण्डस्टर्लिङको सहयोग प्याकेजको योजना अघि सारेका छौँ ।”

उनले भने “यस नयाँ योजना अन्तर्गत प्रत्येक क्षेत्रमा करीब दुई लाख व्यवसायहरू छ हजार पाउण्डस्टर्लिङसम्म एक–अर्काको अनुदानको लागि योग्य हुनेछन्, जुन आगामी हप्ताहरूमा उपलब्ध हुनेछ ।”

स्थानीय अधिकारीहरूले अन्य संघर्षरत व्यापारिक संस्थाहरूलाई सहयोग गर्न अर्को १ करोड पाउण्डस्टिर्लिङ उपलब्ध गराउने बताएका छन् ।

राज्यले हिउँदमा इङ्ल्याण्डका सांस्कृतिक संगठनहरूलाई समर्थन गर्न आफ्नो संस्कृति पुनः स्थापना कोषमा ३० मिलियन पाउण्डस्टर्लिङ सहयोग गर्नेछ ।

प्रधानमन्त्री बोरिस जोन्सनले राहत प्याकेजको सम्बन्धमा भने, “कोभिड–१९ को ओमिक्रोन भेरिएण्टको वृद्धिसँगसँगै, मानिसहरूले आफ्नो जीवन बिताउँदा बढी सावधानी अपनाउनु उचित छ । वर्षको सबैभन्दा व्यस्त समयमा हाम्रो आतिथ्य, मनोरञ्जन र सांस्कृतिक क्षेत्रलाई असर गरिरहेको छ । यसका लागि सरकारले उचित कार्यक्रमको घोषणा गर्दै जानेछ ।”

“देशभरका मानिसहरूलाई आफू, आफ्ना प्रियजनहरू र तपाईंका समुदायको लागि अत्यावश्यक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहनेछ ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthnepalNewsPolitictechnology
Comments (0)
Add Comment